एनआईसी एशिया बैंकबाट राष्ट्रिय बीमा संस्थानको बीमा सुविधा प्रापत हुने भएको छ । बैंकका ग्राहकले एनआईसीका २८४ वटै शाखाबाट बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्ने भएका छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।
एनआईसीले हाल २८४ शाखा, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।