राष्ट्र बैंकको निर्देशन लगतै बैंकर्स संघले डाक्यो पुर्ण बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 10:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले पुर्ण बैंक बोलाएको छ । नेपाल राष्ट्र बैंकले असार १२ गते वाणिज्य बैंकको सिइओ र अध्यक्षलाई बोलाएर मौद्रिक नीति अगावै कुन बैंक कुन सँग मजर्रमा जाँदै छ भनेर लिखित प्रतिवद्धता पठाउन निर्देशनात्मक आग्रह गरेको थियो । राष्ट्र बैंकको उक्त निर्देशनको केही दिनमा नै बैंकर्स संघले पुर्ण बैठक बोलाउनुलाई अर्थपुर्ण रुपमा हेरीएको छ । बैंकर्स संघको छलफलको प्रमुख एजेन्डा विग मर्जर हुन सक्ने आँकलन पनि गरिएको छ । 

बैंकर्स संघको बैठकमा छलफलको कुनै विशेष एजेन्डा नरहेको बैंकर्स संघका सिइओ अनिल शर्मा बताउँछन् । आर्थिक वर्ष समापन हुन लागेकोले बैंकर्स संघको नियमित बैठक बस्न लागेकोले त्यस्तो कुनै विषेश एजेन्डा नरहेको तर समसामयिक विषयमा छलफल हुने भएकोले विग मजर्रको विषयमा छलफल हुन सक्ने उनको भनाई छ । संघले मंगलबार विहान १० बजे बैठक बोलाएको छ । 

बैंकर्स संघले पठाएको पत्रमा छलफलको विषमा विग मजर्र नरहेको एक सिइओले बताए । आर्थिक वर्ष सकिन लाग्दा बैंकर्स संघले नियमित रुपमा पुर्ण बैठक बोलाउने गरेको भन्दै बैठकमा छलफको कुनै त्यस्तो विशेष एजेन्डा नरहेको ति बैंकर बताउँछन् । आफुलाई प्राप्त भएको पत्रमा बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाको बारेमा छलफल गर्ने उल्लेख रहेको उनको भनाई छ । मर्जरको विषय सिइओ भन्दा पनि सञ्चालको भएकोले बैंककर्स संघको बैठकमा विग मर्जरको विषमा छलफल  भएपनि उपलब्धीमुलक भने नहुने उनको भनाई छ । 

मर्जरमा जानको लागि सञ्चालक समितिले मर्जर कमिटि गठन गर्ने र मर्जर कमिटिले नै मर्जरको लागि छलफल गर्ने हुनाले यसमा सिइओको भुमिका खासै नरहने उनको भनाई छ । मर्जर कमिटिले आवाशयक सुझाव मागेमा त्यसको सुझाव भने सिइओले दिन सक्ने उनको भनाई छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved