सनराइज बैंक Sunrise Bank Limited ले नवलपुरको कावासोतीमा शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले उक्त शाखाको उद्घाटन गरे ।
योसँगै बैंकको शाखा संख्या ११२ पुगेको छ । बैंकले ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२६ वटा ए.टि.एम मार्फत पनि सेवा प्रदान गर्दै आएको छ ।