मर्जरको लागि सिभिल लाई आधा दर्जन बैंकको प्रस्ताब, सिटिजन र बिओकेसंगको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 08:27:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरका लागि सिभिल बैंकलाई आधा दर्जन बाणिज्य बैंकले प्रस्ताब गरेका छन। बुधबार बसेको संचालक समितिको बैठकलाई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले यस्तो जानकारी गराएका हुन। 

बैठकमा उनले आफुहरुलाई ६ वटा बाणिज्य बैंकले मर्जरको लागि प्रस्ताब पठाएको जानकारी गराएका थिए। राष्ट्र बैंकले ठुला भनेका र साना भनेका भन्दा पनि दोस्रो र तेस्रो दर्जाका बैंकबाट मर्जरका लागि प्रस्ताब आएको सीईओ गुरुङले संचालक समितिलाई जानकारी गराए। समितिले गुरुङलाई मर्जरको लागि पार्टर खोज्ने जिम्मा दिएको छ।    

छलफल प्रारम्भिक चरणमा नै भएकाले प्रस्ताब पठाउने बैंकको नाम सार्वजनिक गर्न नमिल्ने सीईओ गुरुङले बिजपाटीलाई बताए। 'पहिलेदेखि नै छलफल मा नै थियौं, अहिले छलफल बाक्लो भएको छ, सबै किसिमका बिकल्पमा हामि खुला छौँ' उनले भने, 'त्यहि भएर होला हामीलाई प्रस्ताब गर्नेको संख्या बढेको छ।' नेपाल राष्ट्र बैंकले मर्जरको लागि जोडी खोज्न सुझाब दिनुभन्दा पहिले नै बैंकमा मर्जरको लागि उपयुक्त पार्टनर बारे छलफल भईरहेको उनले बताए।  

बजारमा सिभिल बैंक अफ काठमाण्डू, सिटिजन्स, ग्लोबल आइएमइ, प्रभु, एनआईसी एसियासंग मर्जरमामा जाने चर्चा छ। मर्जरको लागि एमओयु नहुँदासम्म कुन बैंक कोसँग मर्ज हुन्छ भन्ने यकिन हुदैन। यद्दपी सिभिल, सिटिजन र बैंक अफ काठमाण्डूबीच वा  सिभिल सिटिजन तथा सिभिल बिओकेबीचको मर्जरलाई नकार्न सकिदैन, किनकी  सिटिजन र बैंक अफ काठमाण्डूमा सिभिलका मुख्य प्रमोटरको सेयर रहेको छ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved