मेगा बैंकका अध्यक्ष भन्छन, 'चार 'सी' मा सहुलियत भए बिग होइन मेगा मर्जर पनि सम्भब छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 03:30:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  का अध्यक्ष भोजबहादुर शाहले मर्ज गर्ने कुरा ठुलो इस्यु नभएको बताएका छन। नेपाल राष्ट्र बैंकके केहि सहुलियत दियो भने आफुहरुलाई कतिवटासंग मर्जरमा जाने भन्ने कुरा ठुलो नभएको उनले बताए। 

मेगाले कमिटि गठन गरेर आफु अनुकुल बैंकहरुसंग मर्जरको लागि छलफल गरिरहेको बताउदै अध्यक्ष शाहले अहिले को र कतिवटासंग मर्ज गर्ने भन्दा पनि राष्ट्र बैंकले कति सहुलियत दिन्छ भन्ने कुरा महत्त्वपूर्ण भएको बताए। 

'राष्ट्र बैंकले मर्जरमा जाने बैकंलाई प्रोत्साहन गर्ने नीति लिएको अवस्थामा मर्जरमा जानलाई अप्ठारो छैन' उनले भने, 'स्प्रेड रेट, सिसिड़ी रेसियो, सीईओं, संचालक समितिको समायोजनको मोडालिटी जस्ता बिषयमा सहुलियत भयो भने मर्जर होइन मेगा मर्जरलाई पनि गाह्रो छैन।' 

मर्जपछि कम्तिमा पनि १४ जनाको संचालक हुने भएकाले अन्तरिम कालका लागि समितिमा १४ जना नै बस्न पाउने गरि मौद्रिक नीति आउनु पर्छ भन्ने आफ्नो धारणा रहेको अध्यक्ष शाहले बताएका छन। 

अहिले यो या त्यो बैंक भन्दा पनि धेरै बैंकसंग कुरा भैरहेको र यहिसंग मर्ज गर्ने भन्नेबारे टुंगो नलागेको उनले बताए।  पश्चिमाञ्चल, टुरिजम जस्ता बैंकलाई गाभिसकेकाले मेगासंग मर्जरको राम्रो अनुभव छ' अध्यक्ष शाहले भने, 'चुक्तापुंजी पनि १० अर्ब ५७ करोड भएको बलियो बैंक हो, चुक्तापुंजी बढाउँनलाई मर्जरको आवश्यकता भएन, राष्ट्र बैंकको नीतिलाई साथ दिनलाई मर्जरका सबै विकल्प खुला गरेका छौँ' बजारमा ग्लोबल आइएमई र मेगाबीच मर्जरको चर्चा चलिरहेको छ भन्ने जिज्ञासामा कुरा धेरैसंग भैरहेको तर टुंगो नलागेको उनले बताएका छन।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved