नेपाल एसविआई सहित ११ वाणिज्य बैंकले बुझाए मर्जरको लिखित प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 03:07:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरको लागि ११ वाणिज्य बैंकले राष्ट्र बैंकमा लिखित प्रतिवद्धता पठाएका छन। आइतबार साँझ सम्म ११ वाणिज्य बैंक १ विकास बैंक र सम्पुर्ण लघुवित्तहरुले मर्जरमा जाने लिखित प्रतिवद्धता जनाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन। 

राष्ट्र बैंकले केही दिन अगाडी बैंकका सञ्चालक र सिइओहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरको लागि पार्टनर खोज्न र लिखित प्रतिवद्धता सहीत उपस्थीत हुन निर्देशन दिएको थियो। सोही बमोजिम वाािण्ज्य बैंकहरुमा ५० प्रतिशत भन्दा माथि विदेशीको शेयर रहेको नेपाल एसविआइ बैंक, संयुक्त लगानीकै एनएमबी बैंक, सेञ्चुरी कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक,  लक्ष्मी बैंक, एनसिसि बैंक, सानिमा र ग्लोबल आइएमई बैंकले राष्ट्र बैंक समक्ष लिखित प्रतिवद्धता बुझाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।  यस्तै सांग्रिला डेभलपमेन्ट बैंले पनि राष्ट्र बैंकलाई मर्जरमा जान लिखित प्रतिवद्धता बुझाएको छ । 

 मौद्रिक नीतिबाट लघुवित्तलाई पनि मर्जमा लैजाने तयारी गरेको राष्ट्र बैंकमा लघुवित्त बैकर्स एसिसिएसनले पनि सम्पुर्ण लघुवित्तहरु मर्जमा जान तयार रहेको आशय सहीतको लिखित प्रतिवद्धता आएको राष्ट्र बैंकका प्रवक्ताले जानकारी दिए । 

बैंकहरुले कमिट गठन गरेर मर्जरको छलफल चलाइरहेको र आफुहरु मर्जमा जान तयार रहेको आशय सहीत प्रतिवद्धता पत्र बुझाएको प्रवक्ता निरौलाले बिजपाटीलाई जानकारी दिए । बिजपाटी डटकमले बुधबार नै ’मर्जरको प्रस्ताव बोकेर सानिमा सहित ४ बैंक पुगे राष्ट्र बैंक’ भन्ने शिर्षकमा समाचार लेखेर यो बिषय बाहिर ल्याएको थियो । 

अन्य बैंकहरुले पनि मर्जर कमिटि गठन गरिरहेकोले केही दिनमा प्रतिबद्दता आउने विश्वास राष्ट्र बैंकले लिएको उनले बताए । राष्ट्र बैंकको निर्देशनसँगै अधिकांश बैंकहरुले मर्जर कमीटी गठन गरेर मर्जको छलफले चलाइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिबाट लिने निर्णयको आधारमा कस्तो रणनीति लिएर अगाडी बढ्ने एकीन हुने बैंकका सञ्चालकहरुले बताइरहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved