एनआईसीका ग्राहकलाई विराटनगर हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 03:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई विराटनगर हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारीले उक्त अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । बैंकका डेबिट एवं क्रेडिट कार्ड भएका ग्राहकलाई १० प्रतिशत छुट दिईने छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र अस्पतालको तर्फबाट निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरे । 

बैंकले हाल २८६ शाखा, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved