सकियो पुर्वगभर्नरसँगको छलफल, बिग मर्जरबारे दिए यस्तो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 04:05:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकलाई पुर्व गभर्नहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि बैंकहरुको पुर्नसंरचना गर्न सुझाव दिएका छन् । त्यसको लागि मर्जरलाई प्रभवाकारि बनाउन आवश्यक रहेको उनीहरुले औंल्याएका छन् । 

नेपाल राष्ट्र बैंकले पुर्व गभर्नहरुसँग छलफल गर्दै विग मर्जर र आगामी मौद्रिक नीतिको लागि सुझाव संकलन गरेको हो । कार्यक्रममा पूर्व गभर्नरहरु हिमालय शम्शेर ज.व.रा., भेष बहादुर थापा, गणेश बहादुर थापा, तिलक बहादुर रावल, दीपेन्द्रपुरुष ढकाल र विजयनाथ भट्टराईको उपस्थिति रहेको थियो ।

बैंकहरुको संख्या धेरै भएको भन्दै विग मर्जर बाट बैंकहरुको संख्या घटाउने बताउँदै आएका गभर्नरले मर्जरमा जाने बैंकहरुलाई प्याकेजमा नै सहुलियत दिने बताउँदै आएका छन् । संख्या घटाउनेहरुलाई मर्जको लागि दवा दिँदा वित्तीय क्षेत्रमा झनै समस्या आउने बैंकीङ वित्रहरुलाई बताइरहेका छन् । तर पुर्व गभर्नहरुले भने मर्जरलाई अझै प्रभावकारी बनाउन र विश्व बजारमा प्रतिस्पर्धी बनाउन सुझाव दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्ता छन् पुर्व गभर्नहरुले दिएका सुझावहरु 

१.अर्थ व्यवस्थाको आन्तरिक र वाह्य क्षेत्र स्थायित्वका लागि आवश्यक उपायहरु अवलम्बन  गर्नुपर्ने ।

२. वित्तीय क्षेत्रको Consolidation गर्ने सिलसिलामा मर्जरलाई प्रभावकारी बनाउनु पर्ने । नेपालको बैकिङ्गहरुलाई Global Market  मा उपस्थित हुन सक्ने गरी पुनरसंरचना गर्नुपर्ने ।

३. अन्तर्राष्ट्रिय आर्थिक स्थिति तथा विकास क्रमलाई ध्यानमा राखी केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने ।

५.आयात व्यवस्थापन र आन्तरिक उत्पादन वृद्धिका उपायहरु अपनाई व्यापार घाटा न्यूनीकरण गर्नुपर्नें ।

४. वित्तीय सेवाको लागत घटाउन, वित्तीय सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न, वित्तीय उपभोक्ताहरुको हीत संरक्षण गर्न आवश्यबक नीतिगत तथा कानूनी व्यवस्था गर्नुपर्ने ।

५. सरकारको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी कृषि लगायत अन्य प्राथमिकता प्राप्त क्षेत्रहरुमा वित्तीय श्रोत र साधनको लागि थप प्रवाह हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने ।

६. व्यापार घाटाको आकार कम गर्न र शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्नका लागि स्थायी प्रकृतिको उच्च स्तरीय संरचना स्थापना गरी परिणाममूखी नतिजा निकाल्ने गरी काम गर्ने ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved