तिनाउ र मिसन डेभलपमेन्ट बैंकले 'तिनाउ मिसन डेभलपमेण्ट बैंक' को नाममा आजदेखि एकीकृत कारोबार सुरु गरेका छन। मर्जरमा जाने सहमति गरेको तीन महिनामै एकीकृत कारोबारको शुभारम्भ भएको हो।
मर्जरपछि बनेको 'तिनाउ मिसन डेभलपमेण्ट बैंक' को चुक्तापुंजी १ अर्ब १४ करोड पुगेको छ। त्यस्तै निक्षेप १० अर्ब ४५ करोड र कर्जा लगानी ८ अर्ब ९० करोड पुगेको छ भने शाखा कार्यालयको संख्या ३७ पुगेको छ।
त्यस्तै बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने छन् । बैंकले कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक बराबर एक स्वाप अनुपातमा प्राप्ति गर्ने सहमति गरिसकेको छ।
राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारिमा रहेको यस बैंकले तोकिएको चुक्तापुंजी पुर्याउनलाई अर्को वित्तीय संस्थालाई लिने वा हकप्रदको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले बिजपाटीलाई बताएका छन।