बैंकहरुमा तरलता थुप्रियो, एक महिनामै बढ्यो ९० अर्ब निक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 01:56:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय क्षेत्रको निक्षेप करिब ३३ खर्ब पुगको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२ खर्ब ९९ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको मात्र निक्षेप २८ खर्ब २९ अर्ब रहेको छ ।  

बैंकहरुले एक महीनामै करिब ९० अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् । गत जेठ मसान्तमा ३२ खर्ब १० अर्ब रहेको निक्षेप असार मसान्तमा आउँदा करिब ३३ खर्ब पुगेको हो । 

सरकारले गर्ने असारे विकासले गर्दा पनि एक महीनाकै अवधिमा झन्नै ९० अर्बले निक्षेप बढेको हो । विगतका वर्षहरुमा पनि अन्य महिनाको तुलनामा असारमा ५ गुणा सम्मले निक्षेप बढ्ने गरेको एक बैंकरले बताए । सरकाले कुल पुँजीगत खर्चको करिब ४० प्रतिशतसम्म असारमा गर्ने गरेका अर्थविदहरु बताउछन् ।  जसको प्रभाव बैंकहरुको निक्षेपमा समेत पर्ने गरेको देखिन्छ । 

९० अर्बले निक्षेप बढाएका बैंकहरुको एक महिनाको अवधिमा कर्जा भने घटेको छ । गत जेठ मसान्तमा २८ खर्ब ८९ अर्ब कर्जा लगानीमा रहेकोमा असार मसान्तमा ४ अर्बले घटेर २८ खर्ब ८४ अर्ब ७५ करोड रहेको छ । 

निक्षेपको बढे पनि कर्जा विस्तारमा केही कडाइ गरेका बैंकहरुमा पछिल्लो समय पर्याप्त तरलता रहेको छ । असार ३१ गतेकको डाटा अनुसार बैंकहरुसँग करिब ९५ अर्ब तरलता रहेपनि लगानी गर्नसक्ने नगद तरलता भने ७५ अर्ब ८९ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकहरुको अन्तर बैंक औषत व्याजदर २. ५१ प्रतिशत र सिसिडि रेसियो ७५.८४ प्रतिशत रहेको छ । 

बैंकहरुले सामान्यतया असार मसान्तमा कर्जा प्रवाह नगर्ने बैंकहरहरु बताउँछन् । साउनमा वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुले असारमा कर्जा लगानी गर्दा लगानी गरेको कर्जाको एक प्रतिशत कर्जा जोखिम व्यवस्थापनको लागि छुट्याउनुपर्ने हुन्छ भने अर्कोतर्फ अससार मसान्तलाई व्यावसायि तथा बैंकहरुले राजश्व तिर्ने समय पनि हो । असार मसान्तमा बैंकहरुमा रहको अर्बौ रुपैयाँ राजश्वको रुपमा सकारी कोषमा जाने हुनाले असार लागेसँगै बैंकहरुले कर्जा लगानीमा कडाई गर्ने गरको बैंकहरुको भनाई छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved