मेगा बैंकको ९ बर्षे यात्रा: खुद मुनाफा र रोजगारी वृद्धिमा छलाङ, आफ्नै घरमा प्रदेश कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 01:33:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited दशौं वर्षमा प्रवेश गरेको छ । मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले अहिलेका बैंकहरुमध्ये मेगाले अतुलनीय सफलता प्राप्त गरेको दाबी गरे । 

‘९ वर्षसम्मको समीक्षा गर्दा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा ८ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीमा ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,’ अध्यक्ष शाहले भने । बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रिय कार्यालय सहित ७ वटै प्रदेशहरुमा आफ्नै घर—जग्गामा प्रादेशिक कार्यालय संचालन गर्ने कार्य योजना रहेको बताए । 

‘मर्जर’ का सम्बन्धमा अध्यक्ष शाहले आफूहरुले मर्जर कमिटी बनाएको बताए । बैंकले बजारमा प्राप्त गरेको परिचय र विश्वासलाई कायम राख्न सोच मिल्ने वित्तीय संस्थासँग मिल्ने उनको भनाई छ । 

कार्यक्रममा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गरेकी छिन् । प्रत्येक शाखाबाट १÷१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने सामाजिक काम बैंकले सुरु गरेको उनको भनाई छ । यस कार्यक्रम मार्पmत बैंकले आर्थिक रुपमा कमजोर १०२ जना छात्राहरुलाई समावेश गरिसकेको छ । 

गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर ८२ अर्ब पुगेको छ । कर्जा प्रवाह पनि १५ अर्ब ५० करोड बढेर ७३ अर्ब पुगेको छ । ग्राहक संख्या पनि १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । 

बैंकले १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेन्ट मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved