नाडेप लघुवित्तमा पुर्व एमाले संगठनको आन्दोलन, महिना दिन देखि कारोबार ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 10:03:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत नाडेप लघुबित्तको कारोबार एक महिनादेखि ठप्प भएको  छ । संस्थाको कारोबार गत असार २२ गतेदेखि ठप्प भएको हो । संस्थाका कुल ८० वटा शाखा मध्ये ५० वटा शाखाको सम्पूर्ण काम कारोबार ठप्प भएको छ 

कर्मचारीको आन्दोलनको कारण संस्थाको कारोबार बन्द भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले बिजपाटीलाई बताएका छन । कारोबार ठप्प हुँदा कम्पनीले गत आर्थिक बर्षको क्लोजिङ समेत गर्न सकेको छैन 

बुधबारको संसद बैठकमा सांसद राजेन्द्र केसीले पनि यस विषयमा सरकारको ध्यानकर्षण गराएका छन् । सांसद केसीले संस्था बन्द हुँदा हजारौ महिलाहरु मर्कामा परेको बताउदै संस्थाको विवाद समाधान गराउन अर्थमन्त्रीसँग माग गरेका हुन् 

कर्मचारीको आन्दोलनको बारेमा आफुहरुले नेपाल राष्ट्र बैंकको लघुवित्त नियम विभागमा जानकारी गराईसकिएको सीइओ कार्कीले बताए । उनका अनुसार तत्कालिन एमाले समर्थित कर्मचारी संगठनले विभिन्न माग राख्दै कारोबार ठप्प पारेका हुन् । सुरुमा आन्दोलनमा पुर्व एमाले र पुर्व माओवादी निकट कमर्चारी संगठनको  समर्थन रहेको पत्र संस्थामा आए पनि पछि कांग्रेस निकट संगठन र पुर्व माओवादी निकट संगठनले आफ्नो साथ नरहेको जानकारी गराएको सीइओ  कार्कीले बताए 

सीइओ कार्कीले कुनै पनि आन्दोलन गर्नु भन्दा अगाडी आफ्ना माग सहित ३५ दिन अगाडी नै जानकारी दिनु पर्ने नियम भएपनि कर्मचारीहरुले नियम विपरित अघिल्लो दिन पत्र पठाएर भोलीपल्ट नै कारोबार ठप्प पारेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved