व्यवसायीक परामर्श लिँदा एनआईसीका ग्राहकलाई छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 12:02:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले उपाय सर्भिसेसबाट व्यवसायीक परामर्श लिँदा छुट पाउने भएका छन् । बैंक र उक्त सर्भिसेसबीच भएको सम्झौता अनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआईसीका ग्राहकले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे । 

उपाय सर्भिसेजले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतमा परामर्श दिने गर्दछ । यसैगरी एनएफआरएस को मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको छ । 

एनआईसीले हाल २९५ शाखा, ३२१ एटिएम, ५७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved