मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई विराटनगरको संजिवनी हस्पिटल तथा आई.भि.एफ सेन्टरमा उपचार छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई हस्पिटलको तोकिएको शुल्कमा विशेष छुट हुने भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमीर शेखर बज्राचार्य र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्तले हस्ताक्षर गरे ।
बैंकले विराटनगरकै विराट आँखा हस्पिटलमा पनि आफ्ना ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डलले हस्ताक्षर गरे ।
बैंकले हाल ११८ शाखा र २२ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।