प्राइमका सीइओ मानन्धरको मुद्धा प्रधानन्यायधिशको एकल इजालसमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 09:59:20 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई दर्ता गरेको मुद्धा प्रधानन्यायधिश चोलेन्द्र शम्शेर राणले हेर्ने भएका छन् । उक्त मुद्धाको लागि प्रधानन्यायधिश राणाले मंगलबार आफ्नो एकल इजालसमा पेशी तोकेका छन् ।

नेपाल राष्ट्र बैंकले गत २० गते सोमबार परिपत्र जारि गर्दै बैंकका सिइओ र अध्यक्षलाई उमेरहद लागु गरेपछि प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कार्यरत मानान्धर सहित एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ र नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेलले अवकाश पाएका थिए । प्राइमका सिइओ मानान्धरले राष्ट्र बैंकले जारी गरेको परिपत्र कानुन बमोजिम नभएको भन्दै साउन २२ गते बुधबार नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै मुद्धा दर्ता गराएका थिए । 

२२ गते दर्ता भएको मुद्धाको लागि २३ गतै नै पेशी तोकिएपनि समय अभावका कारण मुद्धाले पेशी चढ्न सकेको थिएन । आज पनि ३६ नंम्बरमा रहेको मानन्धरको मुद्धाको सुनुवाई हुने सम्भावना भने निकै कम छ । 

राष्ट्र बैंकले बैंकका इिओको लागि ६५ वर्ष उमेरहद तोक्दै बहालवाला सीइओ ६९ वर्ष कटेको भए स्वतः अवकाश हुने र संचालकको लागि ७० वर्ष उमेरहद तोक्दै बहालवाल संचालक भए ७४ वर्षमा स्वतः अवकास हुने प्रावधान ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved