राष्ट्र उत्थान लघुवित्तले कमायो १४ लाख मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 10:16:25 AM मा प्रकाशित

laxmi  sunrise bank

‘फिन्गो’बाट रुपान्तरण भएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गगरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले १३ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

१७ करोड ५० लाख रुपैयाँ पुँजी सहित सबैभन्दा धेरै चुक्ता पुँजी लिएर स्थापना भएको लघुवित्तले साधारण शेयर (आइपिओ) निष्कासन गरेको छैन । कम्पनीको जगेडा कोषमा १ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

गत असार मसान्तसम्ममा कम्पनीले ४९ करोड ४९ लाख ५८ हजार बचत संकलन गरेको छ भने ४८ करोड २५ लाख ४६ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी गरेर १ अर्ब २२ लाख कर्जा लगानी गरेको छ । 

कम्पनीले उक्त अवधिमा मुख्य आम्दानीको स्रोतको रुपमा खुद ब्याज आम्दानी ३ करोड ६ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको पुँजीकोष अनुपात १८.५० प्रतिशत, खराब कर्जा ०.८५ प्रतिशत र कोषको लागत ११.३१ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved