एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाइने भएको छ ।
बैंकका २९५ वटै शाखा, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९ हजारभन्दा बढीसहायक प्रतिनिधिहरुमार्फत् यसरी पठाईएको रकम भुक्तानी पाउन सकिने छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।