मेगा बैंकले काठमाडौंको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।
बैंकले हाल १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।