‘सानिमा वार्षिक धन फीर्ता वीमा’ योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 10:18:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्सले ‘सानिमा वार्षिक धनफिर्ता (अग्रीम भूक्तानी सावधिक) जीवन बीमा योजना’ को सुरुवात गरेको छ ।  न्युनतम बीमाङ्क रकम १ लाख र अधिकतम आयस्रोतका आधारमा निर्धारण हुने यो बीमा योजनामा १६ वर्ष देखि ५५ वर्ष उमेर समूह सम्मका व्यक्तिले सामेल हुन सक्नेछन् । यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम वीमा समाप्ती उमेर ७० वर्ष रहेको छ ।

१५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको ६ प्रतिशतका दरले र २० वर्ष अवधिको लागि बीमा गरेमा बीमाङ्कको ५ प्रतिशतका दरले भूक्तानी गरिनेछ ।

दूवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रीम भूक्तानी गरी बाकी रहेको बीमाङ्क र पूरा अवधिको आर्जित बोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ । यदि बीमा अवधि भित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भूक्तानी गरेको रकम कट्टा नगरी सतप्रतिशत बीमाङ्क र समानूपातिक आर्जित बोनस एक मुष्ट बीमितको इच्छाएको व्यक्तिलाई दिईने सानिमा लाईफले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved