सिद्धार्थ बैंकको वृक्षारोपण कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 11:19:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले टोखा नगरपालिकास्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिर परिसरमा विभिन्न प्रजातीका विरुवा रोपेको छ । स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्देश्यले चण्डेश्वरी युवाक्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

रोपिएका विरुवाको संरक्षण १ वर्षसम्म चण्डेश्वरी युवाक्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने छ । चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपिएका छन् । 

त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।

बैंकले हाल १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved