नेपाल बैंकका ३ शाखा एकसाथ सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 12:12:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र काश्कीमा शाखा, काउन्टर तथा एटिएम सञ्चालनमा ल्याएको छ । 

पाल्पाको छहरामा स्थापित शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपाल र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले संयुुक्त रुपमा उद्घाटन गरे । 

सोही दिन नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका ३ मा स्थापित शाखाको बैंकका अध्यक्ष अधिकारी र पाल्हीनन्दन गाउँपाालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले उद्घाटन गरे । 

गुल्मीको चन्द्रकोटमा पुनस्र्थापित शाखाकोे अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले संयुक्त उद्घाटन गरे ।  

पाल्पाको भुसालडांडास्थित युनाइटेड मिसन हस्पिटल परिसरमा स्थापित शाखाको एक्सटेन्सन काउन्टरको गर्भनर डा.चिरन्जिवी नेपाल र बैंकका अध्यक्ष अधिकारीले उद्घाटन गरे । 

पोखरा महानगरपालिका १५ वन विज्ञान अध्ययन संस्थान परिसरमा बैंकको एक्सटेन्सन काउन्टर र एटिएम आउटलेटको गण्डकी प्रदेश, प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौड्याल र वन विज्ञान अध्ययन संस्थानका प्रमुख भरत महतोले उद्घाटन गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved