बिजपाटी सम्बाददाता     Aug 29, 2019 | 06:23:49 AM


tansen

नागरिक लगानी कोष Citizen Investment Trust ले साढे ३ अर्ब बढी रकम मूदाती निक्षेपमा राख्नको लागि बैंकको खोजि गरेको छ ।कोषले ३ अर्ब ६५ करोड ५९ लाख ६० हजार रुपैयाँ १ बर्षको लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो 

कोषले यो रकम बाणिज्य बैंकमा मात्र राख्ने जनाएको छ । यसको लागि कोषले बैंकहरुलाई शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । कोषले आफुले लिन चाह्हेको रकम, दिईने ब्याजदर र ब्याजदर दिने समयावधि तोकेर भदौ १६ गते सम्म बोलपत्र पेश गर्न आग्रह गरेको हो 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका