आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबिच कर्जा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नभिन सुवेदी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे ।
सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सप्तकोशी डेभलपमेन्ट बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाउनेछन् ।