नबिल बैंकको दुर्घटना बीमा योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 11:07:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले व्यक्तिगत बचत खातावाला ग्राहकलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भदौ १५ गतेदेखि लागू हुने गरी बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. एन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढि राख्ने व्यक्तिगत बचतखातावालालाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनमा परि मृत्यु भएमा अथवा स्थायी पूर्ण अशक्त भएमा एकमुस्ठ बीमा रकम प्रदान गरिनेछ ।

न्युनतम ५ हजार मौजदात राख्ने सम्पूर्ण बचत खातावालाको स्वतः बीमा सुरु भईसकेको बैंकले जनाएको छ ।

बैंकले हाल ७९ शाखा, १४० एटिएम मार्फत सेवा दिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved