एनआईसीको क्यास ब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 03:47:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited को क्युआर मार्फत वान प्लस सेभेन मोबाईल खरिद गर्दा १० प्रतिशत क्यास ब्याक दिने भएको छ । बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच भएको सम्झौता अनुसार रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी मोबाईल किन्दा क्यास ब्याक पाइने भएको हो । 

अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत क्यास ब्याक प्राप्त हुनेछ । योजना भाद्र १८ देखि आश्विन १ गतेसम्मका लागि लागू हुनेछ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरे । 

एनआइसीले हाल २९७ शाख, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved