नेपाल बैंकमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 02:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  र सामाजिक सुरक्षा कोषबीच सहकार्य सम्वन्धी सम्झौता भएको छ । सम्झौतामा सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाताहरुले आफना श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत र आफनो तर्फबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम नेपाल क्लियरिंग हाउस मार्फत बैकका शाखाहरुबाट कोषको नाममा खोलिएको कल खातामा जम्मा गर्ने तथा कोषको निर्दशनानुसार खर्च वा रकमान्तर गर्न सकिने छ । 

बैकले कोषलाई यस खातामा परिवर्तित व्याजदर अनुरुपको व्याज, खाताको विवरण अनलाईन हेर्न मिल्ने तथा इ बैकिंग एवं मोवाईल बैकिंग कारोवार गर्न मिल्ने लगायतका सुविधा कोषलाई उपलव्ध गराउने छ ।  

सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved