एनआईसी एशियाका ३ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 06:58:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा शाखा सञ्चालनमा ल्याएको छ । सोलुदुधकुण्ड नगरपालिका ५, सल्लेरीस्थित शाखाको उक्त नगरका मेयर नाम्गेल जाङ्बु शेर्पा, कन्चनपुर जिल्ला महाकाली नगरपालिका ६ स्थित दोधारा चाँदनी शाखाको नगरपालिकाका मेयर बीर बहादुर सुनार र खोटाङ्गको दिक्तेल शाखाको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरे । 

बैंकले हाल २९८ शाखा, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved