लोक सेवाको दरखास्त दस्तुर एनआईसीबाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 03:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

लोक सेवा आयोगमा फाराम भर्नेहरुले अब दरखास्त दस्तुर एनआईसी एशिया बैंक NIC Asia Bank Limited बाट तिर्न सक्ने भएका छन् । आयोग र बैंकबीच दरखास्त दस्तुर वापतको राजश्व एनआईसीमार्फत् संकलन गर्ने सम्झौता भएको हो ।

आयोगका परीक्षार्थीहरुले अब एनआईसीका २९८ वटै शाखा र ७० वटा एक्स्टेन्सन काउण्टरमार्फत परीक्षा दस्तुर बुझाउन सक्ने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरे । 

एनआईसीले हाल २९८ शाखा, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved