नेशनल लाईफद्वारा २३७ जना अभिकर्ता सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 03:57:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स National Life Insurance Company Limited को अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । “चेयरपर्शन क्लब” समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७ हजार ४ सय अभिकर्तामध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कम्पनीकी अध्यक्ष प्रेमा सिंहले कम्पनीको जीवन बीमा कोष २७ अर्ब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको २ अर्ब पार गरेर हाल ३ अर्ब पुगेको जानकारी गराईन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “वाल(वालिका शिक्षा योजना छात्रवृत्ती कार्यक्रम” संचालन गरेर गत वर्ष ६ जना विपन्न वर्गका वाल(वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको र चालु वर्षमा थप ९ जना गरी हालसम्म जम्मा १५ जना वाल(वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको जानकारी दिईन । 

एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः ४ लाख, ३ लाख र २ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः २.५० लाख, २ लाख र १ लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved