सप्तरीको मुहसर बस्ति निर्माणमा जनता बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 02:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७४ साउनमा गएको बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ । उक्त बस्ति निर्माणको लागि जनता बैंक Janata Bank Nepal Limited को संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत  परशुराम कुंबर क्षेत्रीले न्यूज २४ टेलिभिजनका महाप्रबन्धक  सुधिर राजभण्डारीलाई हस्तान्तरण गरे ।

बाढी गएपछि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहतकोष’ खाता संचालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त बस्ति मिति २०७५/०७/२७ मा पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved