लघुवित्त संघको चुनाव आज, अध्यक्षमा शर्मा र लम्साल भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 08:28:31 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको साधारणसभा आज हुँदैछ । सभामा नयाँ नेतृत्वको लागि निर्वाचन समेत हुने भएको छ।

संघको नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् । हालका उपाध्यक्ष समेत रहेका लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र हालका महासचिव रहेका विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । यद्यपी सर्वसम्मतको लगि छलफल पनि भइरहेको बताइएको छ ।

शर्मा अघिल्लो पटक पनि अध्यक्षका प्रत्यासी थिए । तर हालका अध्यक्ष रामचन्द जोशीले अध्यक्षको इच्छा प्रकट गरेपछि उनी ब्याक भएका थिए । उता नेपाल ग्रामिण विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की पनि सर्वसम्मत भए अध्यक्षका आकांक्षी देखिएका थिए । तर सर्वसम्मत नहुने भएपछी उनी पनि पछि हटेको बताइन्छ ।

अध्यक्षका प्रत्यासी लम्सालले चुनावकै लागि भनेर सीईओहरुसँगको छलफललाई तीव्र बनाएका छन् । प्रकाशराज शर्मा प्यानलको टिमले भने लम्सालाई उपाध्यक्ष दिएर शर्मालाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । यता फर्स्ट माइक्रोपाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषबहादुर पन्थी उपाध्यक्षको आकांक्षी देखिएका छन् । यदि सर्वसम्मत रुपमा अध्ययक्ष चयन हुने हो भने बसन्त लम्साल उपाध्यक्ष बन्ने सम्भावना रहेको छ । यता अध्यक्षबाट पछि हटेका चर्चा चलेका पर्वत कार्कीको पनि उपाध्यक्षमा बलियो दावेदारी हुने स्रोतको भनाई छ ।

यसैगरी संघको महासचिवमा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र डेप्रोक्स लघुवित्त वित्तीय संस्थाका सीईओ अमरराज खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ । यादव हाल संघका सचिव हुन् । उनीहरु दुवै जनाले शनिबार अनौपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका थिए । सचिवमा रामहरी दाहाल आकांक्षी देखिएका छन् । मेरो माइक्रोफाइनान्सका सीईओ रहेका उनी संघको वर्तमान कोषाध्यक्ष हुन् ।

यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष मेरो माइक्रोफाइनान्सका सीईओ रामहरि दाहाल नै दोहोरिने बताइएको छ। सचिवमा ओमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र उन्नति माइक्रोफाइनान्सका प्रमुख कार्याकारी अधिकृत प्रेम पाठकको दाबेदारी रहेको छ ।  संघको कार्यसमिति सदस्यको लागि भने कालिका लघुवित्त वित्तीय संस्थाका सीईओ मीनबहादुर बोहरा, जनउत्थान लघुवित्त वित्तीय संस्थाका सीईओ श्रीराम पोख्रेल लगायतकाले आकांक्षा राखेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved