ज्योति लाईफको आईपिओ पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 10:36:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीका अध्यक्ष नन्द किशोर शर्माको अध्यक्षतामा पोखरामा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गरेकोछ । 

कम्पनीले हाल १०३ शाखा/उपशाखा मार्फत १.४१ अर्ब कुल बीमा शुल्क आर्जन गरी २.४० अर्ब मध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गरेको जनाएको छ । कम्पनीले ७२.८८ करोडको जीवन बीमा कोष स्थापना गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved