‘लघुवित्तका मुख्य चुनौती मर्जर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 03:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले विगतमा बैंकहरुलाई आएको मर्जर चुनौती अब लघुवित्तमा आएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १३ औँ वार्षिक साधारणसभामा अध्यक्ष तुलाधरले लघुवित्तको संख्या धेरै भएकोले राष्ट्र बैंकको मार्गनिर्देशनमा मर्जरको विकल्प नरहेको बताए । त्यसको लागि राष्ट्र बैंकसँग छलफल गर्न समेत उनले सुझाव दिएका छन् । 

यस्तै लघुवित्त क्षेत्रको अन्य चुनौतीमा कोषको लागत र कोषको समस्या रहेको उनको भनाई छ । उनले यसमा पनि लघुवित्तकर्मीले राष्ट्र बैंकसमक्ष आफ्नो समस्या प्रस्ट रुपमा राख्नुपर्ने र त्यसको लागि राष्ट्र बैंकले पनि आवश्यक पहल गरिदिनुपर्ने बताए । यस्तै लघुवित्त बैंकर्स संघलाई सर्वसम्मत रुपमा नै नायाँ कार्यसमिति चयन गर्न समेत उनले शुभकामना दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved