कुमारी बैंकका ग्राहकलाई ग्याँस किन्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 05:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited  र नेपाल ग्याँस ईन्डष्ट्रीज प्रा.लि.बीच आय संकलन सुविधा सम्बन्धी सहकार्य हुने भएको छ । सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज  संकलन गर्न सक्नेछन् । 

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भण्डारी तथा नेपाल ग्याँसका कार्यकारी निर्देशक  गोकुल भण्डारीले हस्ताक्षर गरे । अब नेपाल ग्याँसका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर भएको छ । योसँगै कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा ५० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

ग्याँस सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागु हुनेछ । क्यासब्याक सुविधा सम्झौता यहि कार्तिक १ गते देखि लागु हुनेछ ।

बैंकले हाल १०७ शाखा, ९४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved