ऋण लिएर घर किन्न झनै सजिलो, बैंकले ब्याज बढाएपनि किस्ता नबढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2019 | 12:42:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकबाट ऋण लिएर घर किन्न झनै सजिलो हुने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संसोधन गरि व्यक्तिगत प्रयोजनका लागि घर किन्न झनै सजिलो हुने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकले यसअघि धितोको ६० प्रतिशतसम्म ऋण पाउने व्यवस्थालाई संसोधन गरि पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋणमा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ।

त्यस्तै बैंक वित्तीय संस्थाले घर किन्नलाई दिएको ऋणको ब्याजदर बढाएपनि मासिक किस्ता भने बढाउँन नपाउने भएका छन। ‘कर्जाको व्याजदर बृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ । 

पहिलो पटक घर किन्नलाई ऋण लिंदा धितोको ७० प्रतिशतसम्म रकम पाइने र ब्याजदर बढेपनि किस्ता रकम बढाउन नपाउने व्यवस्थाले अब ऋण लिएर घर किन्न सहज हुने अपेक्षा गरिएको छ। 

यसअघि बैंक वित्तीय संस्थाले एउटा ब्याजदरमा ऋण दिने र पटक पटक ब्याजदर बढाएर मासिक किस्ता समेत बढाउने गरेकाले ऋण लिएर घर किन्न कठिन देखिन्थ्यो। तर राष्ट्र बैंकको संसोधित व्यवस्थाले मध्यमबर्गका व्यक्तिहरुलाई ऋण लिएर घर किन्न सहज हुने देखिन्छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved