श्रेष्ठ पदमुक्त भए निरौला डेपुटी गभर्नर !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 02:53:45 PM मा प्रकाशित

laxmi  sunrise bank

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकले छानविन समिति गठन गरेको छ । छानविन समिति गठन भएसंगै उनी निलम्बनमा परेका छन् । तर उनी पदमुक्त भएका होइनन् । छानविन समितिले दोषी ठहर गरेमा उनलाई स्पष्टीकरणको मौका दिई बर्खास्त गर्ने सकिने प्रावधान छ ।  

यदि उनी पदमुक्त भएमा आगामी डेपुटी गभर्नर को हुन सक्छ भन्ने आम चासो बढ्दै गएको छ । नेपाल राष्ट्र बैंक ऐनमा डेपुटी गभर्नर कुनै कारणले पदमुक्त भएमा अथवा पद खाली भएमा बाँकी रहेको कार्यकालको लागि मात्रै अर्को डेपुटी गभर्नर नियुक्त गर्न सकिने ब्यवस्था रहेको छ । यदि श्रेष्ठ पदमुक्त नै भएमा पनि अबको १ महीना अगाडी उक्त पद खालि हुने सम्भावना न्युन मात्रै रहेको छ ।

श्रेष्ठ २०७२ फागुनमा ५ वर्षे कार्यकालका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन । उनको ५ वर्षे कार्यकाल २०७७ फागुनमा सकिने हुँदा यदि क्षेष्ठ पदमुक्त भएमा अव बन्ने नयाँ डेपुटी गभर्नरको कार्यकाल १५ महीनाको मात्र हुनेछ । नयाँ डेपुटी गभर्नर मन्त्रीपरिषदले नियुक्त गर्ने छ । डेपुटी गभर्नर १७ जना कार्यकारी निर्देशक मध्यबाट चयन गर्नु पर्ने हुन्छ ।

नेकपा निकटको ब्यक्ति नै डेपुटी गभर्नर बन्ने निश्चित छ । अवको डेपुटी गभर्नरको लागि कार्यकारी निर्देशक तथा प्रवक्ता समेत रहेका लक्ष्मी प्रपन्न निरौला प्रमुख दावेदार हुन् । देव ढकाल पनि अर्का दाबेदार हुन् तर उनी पुरै कार्यकालको लागि डेपुटी गभर्नर बन्न लाइनमा छन् । पुरै कार्यकालको लागि डेपुटी गभर्नर बन्ने होडमा अगाडी रहेका देव ढकाल भन्दा अवकास पाउने बेला भएका प्रवक्ता निरौला नै अवको डेपुटी गभर्नर बन्न सक्ने स्रोतको दाबी छ । निरौला र ढकाल दुबै अर्थमन्त्रीका विश्वास पात्र समेत हुन । ढकाल अर्थसचिव डा. राजन खनालका समेत निकठस्थ मानिन्छ । योजना आयोगका उपाध्यक्ष पुष्प कडेल सँगै राम्रो सम्बन्ध रहेको भुवन कडेल पनि सम्भावित पात्र हुन् ।

माघबाट अवकास पाउन लागेका खनाल आगामी गभर्नरको प्रवल दाबेदार रहेको चर्चा चलीरहेको छ । हुनत गभर्नरको लागि अहीलेका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी सँगै लगानी बोडका सिइओ रहेका पुर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको पनि बलियो दावेदारी रहेको छ । गभर्नर बन्नको लागि राष्ट्र बैंककै पुर्व कार्यकारी निर्देशकहरु डा. मिन बहादुर श्रेष्ठ, भाष्करमणी ज्ञवाली र बासुदेव अधिकारी पनि दावेदार रहेको बताइन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved