बैंकलाई अर्को झड्का दिँदै बिमा समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 03:48:11 PM मा प्रकाशित

laxmi  sunrise bank

'निशुल्क बिमा' सेवा दिने भन्दै प्रचार गरिरहेका बैंक बिरुद्द बिमा समिति एक्सनमा उत्रने भएको छ । समितिले 'निशुल्क बिमा', 'बैंक पनि बिमा पनि', 'बैंक मै बिमा सुबिधा' जस्ता प्रोडक्ट ल्याएका बैंकहरुलाई काडाई गर्ने तयारी गरेको हो ।

बिमा गर्ने काम बैंकको नभएकोले एक्सनको तयारी थालिएका समितिजा अध्यक्ष चिरन्जीवी चापागाईले बताए । उनले भने 'बैंकहरुको काम बैंकिङ सेवा दिने मात्र हो, निक्षेप संकलन गर्ने, कर्जा लगानी गर्ने हो, तर बैंक पनि बीमा पनि भनेर प्रचार गरिरहेका छन् । बीमा गर्ने काम बैंककहरु होइन । त्यसैले यस विषयमा हामी चाँडै नै नितिगत ब्यवस्था सहीत कडाई गर्ने तयारी गरिरहेका छौं'

बैंकहरुले निशुल्क बीमा भनेर प्रचार गरीरहेकोमा पनि बीमा समितिको ध्यानकर्षण भएको भन्दै बीमा कहीले पनि निशुल्क नहुने उनको भनाई छ । यस विषयमा बीमा कम्पनीहरुले बैंकसँग सम्झौता गर्दा निशुल्क भनेर सम्झौता गरेको भएर तत्काल सच्याउन निर्देशन दिने उनले बताए । बीमा समितिले यस विषयमा २ महिना अगाडी नै बीमा कम्पनीका सिइओहरुसंग छलफल गरेको थियो । समतिले विभिन्न चरणमा छलफल गरिरहेको र चाँडै नै कुनै निर्णयमा पुग्ने उनको भनाई छ । बैंकहरुले निक्षेप तान्नको लागि बीमाको नकारात्मक प्रचार गरेकोले यसमा कडाई गरिने चापागाईको भनाई छ ।

यस अघि राष्ट्र बैंकले बैंकहरुलाई बीमा पोलिसी बिक्रिमा रोक लगाएको थियो । बैंकहरुले ग्राहकलाई जबर्जस्ति बीमा पोलीशी बिक्रि गरेको भनेर उजुरीको चाङ लागेपछी राष्ट्र बैंकले पोलिसी बिक्रिमा बैंकलाई रोक लगाएको थियो । बैंकहरुले भने केही बैंकले बदमासी गरेको भए कारबाही गर्नुपर्ने तर यसरी बन्द नै गर्न नहुने भन्दै राष्ट्र बैंकमा लविङ गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved