उत्साहजनक छैन दोस्रो त्रैमास, बैंकहरुको नाफा नबढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 05:48:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुको आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन उत्साहजनक नहुने देखिएको छ । गत वर्षको तुलनामा ब्यापारमा सुस्ताता आएकोले बैंकहरुको नाफामा प्रभाव पर्ने आँकलन गरिएको हो ।

चालु आर्थिक वर्षको सुरुबाट नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रमा गरेको कडाइ र कर्जा प्रवाहमा सुस्ताता देखिँदा दोस्रो त्रैमास खासै उत्साहजन नरहेको बैंकरहरु बताउछन् । काउन्टर साइक्लीकल बफरले गर्दा बैंकहरुलाई ब्यवसाय विस्तार गर्न समस्या परेको र यसका कारण विगतको जस्तो नतिजा आउने सम्भावना नरहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले औषतमा ६ प्रतिशतले नाफा बढाएकोमा दोस्रो त्रैमासमा पनि त्यही हाराहारीमा वृद्धि हुनसक्ने बैंकर्सहरु बताउँछन् ।

राष्ट्र बैंकले १५ लाख भन्दा सानो कर्जामा सेवा शुुल्क लिन नपाउने ब्यवस्था गरेको, सिसिडिमा कडाई गरेको लगायतको कारणले लगानीको प्रतिफल समेत घट्न सक्ने बैंकर्स संघका अध्यक्ष ढङ्गानको भनाई छ । गत वर्षको भन्दा अंकमा बैंकहरुको मुनाफा नघटे पनि लगानी विस्तारको अनुपातमा बैंकहरुको नाफा नबढ्ने अध्यक्ष दाहालको भनाई छ ।

वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा ६३ अर्बले निक्षेप बढाउँदा कर्जा लगानी पनि सोही अनुपातमा गरेका छन् । पुष २५ गते सम्मको तथ्याङकमा वाणिज्य बैंकको कुल निक्षेप संकलन ३० खर्ब ३६ अर्ब रहेको छ भने कर्जा लगानी २६ खर्ब ९५ अर्ब रहेको छ । आर्थिक वर्षको ६ महिनामा भने बैंकहरुले १ खर्ब ५८ अर्बले निक्षेप बढाउँदा कर्जा लगानी करिब २ खर्बले बढाएका छन् । गत असारमा बढाएको निक्षेपले बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा विस्तार गर्ने अवसार पाएका थिए । जसले गर्दा निक्षेप भन्दा कर्जा विस्तार बढी हुँदा पनि बैंकहरु समस्यामा नभएको बताइन्छ ।

गत वर्ष दोस्रो त्रैमासमा बैंकहरुले १ खर्ब ३० अर्ब भन्दा माथिले निक्षेप र १ खर्ब २० अर्ब भन्दा बढीले कर्जा बढाउन सफल भएका थिए । गत वर्षको तुलनामा बैंकहरुको ब्यापारमा सुस्ताता आएको छ जसले बैंकहरुको नाफामा प्रभाव पर्ने देखिन्छ ।

खरिद नियमावली संशोधनको लागि आन्दोलनरत निमार्ण ब्यवसायिले निमार्णको काम रोक्दा त्यसको प्रभाव बैंकहौरलाई पनि परेको छ । यसले सरकारको बजेट खर्च र वित्तीय क्षेत्रको कर्जा तथा निक्षेपमा समेत परेकोले अपेक्षाकृत रुपमा बजार विस्तार गर्न नसकेका बैंकहरुको लागि पुस महिना भने केहि सकारात्मक देखिएको छ । पुष महिनाको २५ गते सम्मको तथ्याङक अनुसार उक्त अवधिमा बैंकहरुले ४४ अर्बले निक्षेप बढाउँदा करि ३० खर्बले कर्जा पनि विस्तार गरेका छन् ।

२५ गतेपछिको चार दिनमा बैंकहरुको निक्षेप सामान्य घटेको छ । ब्यवसायि तथा बैंकर्सहरुले नै अग्रिम रुपमा आयकर बुझाउादा पुष मसान्तमा बैंकहरुको निक्षेप केही मात्राम घट्ने सम्भावना रहन्छ । यद्यपी पुषमा सरकारको पुँजीगत खर्च पनि वृद्धि भएकाले त्यही अनुसार बैंकीङ प्रणलीमा पैसा पनि आएकोले ठुलो मात्रामा निक्षेप नहराएको बैंकर्सहरुको भनाई छ । पुष मसान्तको तथ्याङक अनुसार बैंकिङ प्रणालीमा करिब ४३ अर्ब लगानीयोग्य तरलता कायमै रहेको छ । त्यसले निक्षेपमा खासै प्रवाव नपरेको अनुमान गर्न सकिन्छ ।

यता डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द प्रसाद ढकाल पनि विकास बैंकहरुको ब्यवसाय विस्तार राम्रो भएपनि त्यो अनुपातमा प्रतिफल भने नआउने बताउँछन् । प्रथम त्रैमासमा ७ प्रतिशतको हाराहारीमा मुनाफा बढाएका विकास बैंकहरुको दोस्रो त्रैमासमा त्यो अनुपातमा मुनफा बढ्ने सम्भावना न्युन नरहेको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved