वित्तीय क्षेत्रमा एकाएक तरलता अभाव, बैंकहरु समस्यामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 04:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

माघको दोस्रो सातामा वित्तीय क्षेत्रमा तरलता अभाव देखिएको छ । पुस मसान्तमा करको रुपमा बैंकिङ प्रणालीबाट सरकारी खतामा पैसा गएको तर सरकारको पुँजीगत खर्च हुन नसक्दा तरलता अभाव देखिएको हो । तरलता  एकाएक घटेपछि बैंकहरुलाई समस्या परेको छ ।

सरकारले खर्च बढाउन नसक्ने तर बैंकिङ प्रणालीबाट सरकारी खतामा पैसा जानुको साथै केही कर्जा विस्तार गर्दा माघ लागेसँगै बैंकिंग प्रणलीमा समस्या देखा परेको हो । माघ ५ गते बुधबार बैंकिङ प्रणलीमा जम्मा १९ अर्ब मात्रै तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले बताए ।

पुष मसान्तमा ५० अर्ब माथि रहेको तरलता माघ ५ मा आउँदा १९ अर्ब रहेको र अन्तर बैंक ब्याजदर पनि २ प्रतिशत भन्दा तल रहेकोमा बढेर ५.२९ प्रतिशत पुगेको डा. भट्टले जानकारी दिए । पुष मसान्तमा ३ वटा बैंकको मात्रै ७९ प्रतिशत भन्दा माथि सिसिडि रेसियो रहेकोमा हाल आधा दर्जन भन्दा बढी बैंकको सिसिडि रेसियो ८० प्रतिशतको नजिक पुगेको छ । यसले माघमा सरकारको खर्च नबढ्ने हो भने बैंकहरुमा लगानी गर्ने पुँजीको अभाव देखिने अवस्था आउने बैंकर्सहरु बताउँछन् ।

यद्यपी कर्जा लगानी र निक्षेप संकलन गत वर्षको तुलनामा सुस्ताएको भने तथ्याङकले नै देखाउँछ । गत वर्ष पुष मसान्त सम्ममा बैंकहरुले १ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ५७ अर्ब कर्जा लगानी गरेका थिए । तर चालु आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ५८ अर्बले निक्षेप बढाउँदा १ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved