राष्ट्र बैंकबाट ४ कार्यकारी निर्देशकले पाए अवकाश, कसको हुँदैछ बढुवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 07:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका २ जना कार्यकारी निर्देशकहरुले आजबाट अवकाश पाएका छन् । कार्यकारी निर्देशकहरु  महेश्वरलाल श्रेष्ठ र लक्ष्मी प्रपन्न निरौलाले ३० बर्षे सेवा अवधिको कारण आजबाट अनिवार्य अवकाश पाएका हुन् । यी दुवैले २०४६ माघ ७ गतेबाट राष्ट्र बैंकको जागिर सुरु गरेका  थिए ।

अवकाश पाएका श्रेष्ठले सेवा अवधिमा ५ वर्ष नेपाल बैंक संचालन गरेको थिए भने ४ वर्ष अध्ययनको लागि बाहिर गएका थिए । त्यस्तै निरौलाले २०५५ सालमा नेपाल बैंकको करिब १ अर्ब ५० करोडको घोटालाको अनुसन्धानको लागि ३ वर्ष राष्ट्र बैंक बाहिर बसेर काम गरेका थिए । त्यस्तै उनले डेढ वर्ष राष्ट्र बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत  नेपाल बैंकमा ब्यबस्थापन समिति सदस्य रहेर पनि काम गरेका थिए ।

२०६६ मा बैंक अफ काठमाडौंमा संचालक समितिमा विवाद भई राष्ट्र बैंकले टेकओभर गर्दा निरौलाकै नेतृत्वमा ब्यवस्थापन समिति बनेको थियो । उक्त समितिले ३ महिनामा संचालक समतिको चुनाव गराई नेतृत्व हस्तान्तरण गरेको थियो । एनसिसि बैंकले ४ वटा विकास बैंकलाई मर्ज गर्दा करिब साढे २ वर्ष निरौला संचालक समिति संयोजक भएर काम गरेको थिए । नारायण पौडेलले अनिवार्य अवकाश पाएपछि निरालाले राष्ट्र बैंकको प्रबक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।

यस्तै गत पुष २१ गतेबाट कार्यकारी निर्देशकहरु सुनिल उदाश र सरिता भट्ट अधिकारीले पनि अवकाश पाईसकेका छन् ।

यस सँगै राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशकको पद खालि भएको छ । राष्ट्र बैंकमा बरियताको आधारमा बढुवा हुने भएकोले निर्देशको बरियताक्रममा माथि रहेका ४ जना कार्यकारि निर्देशक बन्नेछन । जसमध्ये गभर्नर डा. चिरंजीवि नेपालले २ जना निर्देशकलाई निमित्त कार्यकारी निर्देशको जिम्मेवारी प्रदान गरिसकेका छन् भने आजबाट रिक्त हुन लागेको दुई कार्यकारी निर्देशकमा अबको केही दिनमा नै नयाँ कार्यकारि निर्देशक नियुक्त हुनेछन् ।

निमित्त कार्यकारी निर्देकमा बढुवा भएका निर्देशकहरुमा रेवति प्रसाद नेपाल र रामु पौडेल रहेका छन् भने बढुवा हुने क्रममा रहेकामा विश्रुुत थापा र राम बहादुर मानन्धर रहेका छन् । कानुन महाशाखा प्रमुख रहेका रेवति नेपालले भुक्तानी ब्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने वित्तीय जानकारी इकाईमा रहेका रामु पौडेलले फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् ।

यता भुक्तानी ब्यवस्थापन विभागमा रहेका बम बहादुर मिश्र भने विदेशी विनिमय ब्यवस्थापन विभागमा सरुवा भइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved