सामाजिक संजालमा बुस्ट गर्न नपाइने, युट्युबको आम्दानीमा पनि कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 05:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सामाजिक संजालमा हुने कारोबारमा कडाई गरेको छ ।  यससंगै सामाजिक संजालमा डलरले बुस्ट गर्दा कारबाही हुने भएको छ ।

राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युब जस्ता समाजिक संजाल र इन्टरनेटको माध्यमबाट विदेशमा भुक्तानी लैजाने र ल्याउने कार्य गैर कानुनी भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शुक्रबार एक सुचना जारि गर्दै यस्ता कार्यले विदेशी विनीमय अपचलन भएकोले अनौपचारीक माध्यमबाट यस्तो कारोबार भएको पाईएमा विदेशी विनीमय ऐन २०१९ र प्रचलीत कानुन बमोजिा कारवाहि हुने जनाएको छ ।

यद्यपी बैंकिङ च्यानलबाट हुने कारोबार भने संचालन गर्न पाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । बैंकिङ च्यानलबाट हुने कारोबार कानुनी दायरमा हुने भन्दै बैंकिङ माधयमबाट हुने कारोबारलाई कुनै प्रभाव नपर्ने नेपाल राष्ट्र बैंक विदेशि विनीमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बिजपाटीलाई बताए।

यससँगै फेसबुक बुस्ट लगायतका विदेशी मुद्रमा हुने अनलाइनमा आधारीत विजनेशहरु भने प्रभावित हुने भएको छ ।राष्ट्र बैंकको निर्देशन संगै युट्युब तथा फेसबुकबाट आउने र जाने सम्पूर्ण मुद्रा पनि बैंकिङ च्यानलबाट मात्रै ल्याउनुपर्ने भएको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved