मौद्रिक नीतिको समिक्षाको लागि सरोकारवालासँग छलफल गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 01:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको लागि सरोकारवालसँग छलफलको तयारी गरेको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले आगामी बुधबार सरोकारवाला निकायसँग छलफलको तयारी गरेको हो । बैंकर्स र ब्यवसायीले आ-आफ्ना माग पेश गरिसकेको अवस्थामा छलफल हुन् लागेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले   बैंकर्स, उद्योगि, पर्यटन, अटो लगायतका व्यबसायी र सरोकारवालसँग सुझाव लिन लागिएको राबताएका हुन्। 

बैंकर्स र ब्यवसायीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर कतिपय मौद्रिक ब्यवस्थाको कारण ब्यवसाय गर्न असहज भएको भन्दै पुर्नविचार गर्न आग्रह गरिसकेका छन् । बैंकर्सले पनि राष्ट्र बैंकका केहि नीतिको खुलेरै विरोध गरिरहेका छन् । यता अर्थंमन्त्रीले पनि राष्ट्र बैंक र बैंकर्स संघका प्रतिनीधिलाई नै राखेर छलफल गर्नुको साथै बैंकर्स र ब्यवसायिको जायज मागको सम्बोधन गर्न निर्देशन दिएकोले यस पटकको मौद्रिक नीतिको समिक्षालाई चासोको साथ हेरिएको छ । 

गभर्नर डा. चिरंजिवि नेपालको कार्यकाल सकिनै लागेको र मौद्रिक नीतिको समिक्ष पछि उनी राष्ट्र बैंकबाट बिदा  हुने भएकोले मौद्रिक नीतिको समिक्षामा सरोकारवालाको थप चासो रहेको पाइन्छ । 

बैंकर्स संघले अर्थमन्त्रालयको छलफल र त्यसपछि आएको पत्रको आधारमा विभिन्न माग अगाडी सारेको छ  । संघले  राष्ट्र बैंकलाई ऋणपत्र अनिवार्य गर्न नहुने, प्राथमीकताप्राप्त क्षेत्र र सहुलियतपूर्ण कर्जाको पार्टफोलियो किन्न पाउनुपर्ने, २ वर्षसम्म घाटामा रहेका ब्यवसायलाई सुक्ष्म निगरानी गर्नुपर्ने, स्प्रेड रेट गणना विधिमा पुर्नविचार गर्नुपर्ने लगायतको लिखिन माग राष्ट्र बैंकसमक्ष राखिसकेको छ ।

यता ब्यवसायिले पनि कर्जाको ब्याजदर एकल अंकमा आउनुपर्ने, उत्पादन क्षेत्रमा सहज रुपमा कर्जा पाउनुपर्ने, कर चुक्ता लयायतका बयवस्थाले साना तथा घरेलु ब्यवसायिलाई समस्या परेकोले त्यसमा सिलिङ तोक्नुपर्ने लगायतको माग गर्दै आएका छन् । त्यस्तै अटामोबाईल ब्यवसायिले  गाडी कर्जामा डाउन पेमेन्टको सिमा बढाउनुपर्ने माग गरिरहेका छन् । यता आवाशिय घर कर्जाको सिमा पनि बढाउनुपर्ने आवाज उठेकोले यस पटको मौद्रिक नीतिको समिक्षालाई सरोकारवालले चासोको साथ हेरेका छन् । 

कर्जा तथा निक्षेप दुबै सुस्त देखिएको र अर्थतन्त्रमा सुस्तता देखिएको अवस्थामा राष्ट्र बैंकका अधिकारी र नीजी क्षेत्रसँग अर्थमन्त्रीले पटक पटक छलफल गरेकोले मौद्रिक नीतिको समिक्षमा नीजी क्षेत्रको ठुलो अपेक्षा पनि रहेको देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved