बैंक तथा वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष संचालन गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 06:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले सामुहिक लगानी कोष संचालन गर्न पाउने भएका छन्  । राष्ट्र बैंकले आज 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत  निर्देशन जारी गर्दै  सामुहिक लगानी कोष संचालन गर्न सक्ने ब्यबस्था गरेको हो 

बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामुहिक लगानी कोष संचालन गर्न सक्ने छन् ।  राष्ट्र बैंकले ५ वटा शर्त तोकेर सामुहिक लगानी कोष संचालन गर्न दिने ब्यबस्था गरेको हो । 

यस्ता छन् शर्त : 

(१) योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्ने र त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले  तोके अनुसारको जोखिम भार प्रदान गर्ने ।

(२) वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनु पर्ने । 

(३) पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेकोहुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने ।

(४) नेटवर्थ धनात्मक हुनु पर्ने ।

(५) सञ्चालक वा कार्यकारी प्रमुख यस बैंकको कारबाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए सो फुकुवा भएको ३ वर्ष पुगेको हुनु पर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved