नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी हुने सहभागी , के पाइन्छ सुविधा ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Sep 10, 2020 | 03:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले बचत गर्दा पेन्सन पाईने योजना ल्याएको छ। कोषले ल्याएको ‘नागरीक पेन्सन’ नामको नयाँ योजनामा सहभागी भएर पेन्सन पाउन सकिनेछ। 

कुनैपनि व्यक्तिले १५ वर्षसम्म रकम जम्मा गरेमा उसले पेन्सन पाउनेछ। उक्त योजनामा जम्मा गरेको रकमको आधारमा पेन्सन दिने कोषका सूचना अधिकारी उद्धवराज सिलवाले जानकारी दिए।

सिलवालकाअनुसार योजना अन्तर्गत मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न पाईने र यसरी जम्मा भएको रकमको आधारमा बचतकर्ताले पेन्सन पाउनेछन् । तर उमेर ६० वर्ष पुगेपछि मात्र बचतकर्ताले पेन्सन पाउनेछन । कुनै पनि नेपालीले १५ वर्षसम्म बचत गरेपछि बचत भएको रकमको आधारमा बचतकर्ताको उमेर ६० वर्ष पुरा भएपछि उसले पेन्सन पाउँने छ। 

कति पाइन्छ पेन्सन ?

बचतकर्ताले मासिक न्युनतम ५ सय रुपैयाँका दरले बचत गर्नुपर्ने हुन्छ। त्रैमासिक रुपमा रकम जम्मा गर्दा होस अथवा अर्धवार्षिक रुपमै बचत गरेपनि प्रत्येक पहिनाको कम्तिमा ५ सय रुपैयाँका दरले बचत गर्नुपर्ने छ ।

यदि कुनै व्यक्तिले एक-एक वर्षमा रकम जम्मा गर्छ भनै उसले १२ महिनाको न्युनतम ५ सय रुपैयाँका दरले ६ हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ ।मासिक ५ सय रुपैयाँ भन्दा बढी जतिपनि बचत गर्न पाइनेछ। यसरी १५ वर्षसम्म जम्मा भएको रकममा ब्याज र कोषले दिने प्रतिफल जोडेर हुनआउने कुल रकमलाई १७० ले भग गर्दा आउने रकम बराबर पेन्सन पाईनेछ।

यदि कुनै पनि व्यक्तिले १५ वर्षसम्म बचत गर्यो तर सो व्याक्ति ६० वर्ष पुगेको छैन भने उसले पेन्सन पाउन ६० वर्ष  पुगेको हुनुपर्नेछ। यदि कुनै व्यक्तिले २० वर्षको उमेरदेखि नै यो स्किममा बचत गर्न थालेको छ भने उसले पनि पेन्सन थाप्न ६० वर्षको उमेर पुगेको हुनुपर्नेछ।तर यस्तो व्यक्तिको हकमा  ६० वर्ष हुदासम्मको अवधिमा व्याज र प्रतिफल निरन्तर जोडिदै जानेछ।६० वर्षहुदाँसम्मको सम्पूर्ण व्याज, प्रतिफल र सावा रकम जोडेर जति आउछ सो रकमको आधारमा पेन्सन वितरण गरिन्छ।

६० वर्ष पुगेर पेन्सन पाउन थालेपछि बचतकर्ताले जिवनभर पेन्सन पाउनेछन्। बचत गर्दाको व्याजदर भने अहिले ६.५ प्रतिशत रहेको र बैंकहरुको बेसरेट घटबढ हुँदा यो व्याजदर पनि घटबढ हुनेछ।

पेन्सन लिने नलिने आफ्नो ईच्छाः

यो स्किममा बचतकर्तासँग पेन्सन नलिई एकमुष्ट्र रकम लिने विकल्प खुला छ। बचतकर्ताले बचत गरेको १५ वर्ष पुरा भएको र निज ६० वर्ष उमेरको पुगेपछि उसको ईच्छा अनुसार पेन्सन नलिएर रकम एकमुष्ट्र रुपमा लिन पाउनेछ। पेन्सल नलिने बचतकर्तालाई उसले जम्मा गरेको रकममा व्याज र प्रतिफल जोडेर आउने कुल रकम एकमुष्ट्र रुपमा दिईनेछ।

बचत रकमबाट कर्जा पाइनेः

यसरी बचत गर्न थालेको २ वर्षपछि बचतकर्ताले सोहि बचतलाई धितोमा राखेर व्याज र प्रतिफल जोडदा हुने कुल बचतको ८० प्रतिशत रकम कर्जा लिन पाउनेछन।  यसरी लोन लिन बचत गरेको कम्तिमा २ वर्ष पुरा भएको हुनुपर्नेछ। लोनको ब्याजदर पनि बैंकहरुको बेसरेटले निर्धारण गर्नेछ। 

खाता बन्द गर्न पाउने:

यो स्किममा बचतकर्तासँग बिचैमा खाता बन्द गर्ने विकल्प समेत रहनेछ। तर खाता बन्दगर्न बचत गरेको २ बर्ष पुरा भएको हुनुपर्नेछ। यसरि खाता बन्द गर्दा बचतकर्ताले बचत गरेको रकमको व्याज र कोषले दिने प्रतिफल जोडदा आउने रकम एकमुष्ट्र रुपमा बचतकर्ताले पाउनेछ।

बचत कर्ताको मृत्यु भएमाः

बचतकर्ताको मृत्यु भएमा निजले पाउने पेन्सन निजको पति/पत्निले पेन्सन पाउने समेत व्यवस्था छ। बचतकर्ताले बचत गर्न सुरु गरेको १५ वर्ष नपुग्दै निजको मृत्यु भएमा निजको पति/पत्नि वा उत्तराधीकारीले व्याज र प्रतिफल सहितको सम्पूर्ण रकम एमुष्ट्र रुपमा पाउने व्यवस्था छ।  

कसरी सहभागी हुनेः

नागरीक पेन्सन योजनामा सहभागी हुन कोषले फर्म वितरण सुरु गरिसकेको छ। कुनै पनि नेपाली नागरीकले कोषमा फर्म भरेर योजनामा सहभागी हुन पाउने छन्।

फर्म भर्न नागरीकताको फोटोकपि र पासपोर्ट साइजको एउटा फोटो भए पुग्नेछ । योजना अन्तर्गत रकम जम्मा गदा कोषको कार्यालय मै पुग्नु पर्दैन। डिजिटल माध्यमबाट नै रकम जम्मा गर्न सकिनेछ । फर्म पनि आगामि दिनमा अनलाईनबाट नै भर्न सकिने व्यवस्थाको तयारी भैरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved