लकडाउनमा बैंकिङ कसुरका मुद्दा बढे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 01:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला बर्षहरुमा बैंकिङ कसुरका मुद्दा बढ्न थालेका छन्। कारोबार बढेसँगै चेक बाउन्स, एटिएमबाट पैसा चोरी, ठगीलगायतका गतिविधिमा बढोत्तरी आएसँगै बैंकिङ कसुरका मुद्दा पनि बढेका छन्।

कोरोनाको लकडाउन सुरु भएयता उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै बैंकिङ कसुरका ६८७ वटा मुद्दा दर्ता भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। यो गत बर्ष चैतदेखि चालू आर्थिक बर्षको भदौसम्मको तथ्यांक हो। 

यो ६ महिनाको तथ्यांकमा साउनमा सबै भन्दा बढी २१० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। तर जेठमा ५९ वटा मात्रै मुद्दा दर्ता भएका छन्। नेपालमा चैत ११ देखि कोरोनाको लकडाउन सुरु भएको हो।  त्यस्तै यो ६ महिनामा सार्वजनिक स्थानमा अभद्र व्यवहार तथा चोरीका घटना समेत उपत्यकामा बढेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved