महालक्ष्मी र यतिबीचको मर्जर प्रस्ताब पारित,देश कै ठुलो बिकास बैंक बन्ने दाबि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 08:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंक र यति डेभलपमेन्ट बैंकबिचको मर्जर प्रस्ताब प्रस्ताब पारित भएको छ। बिहिबार सम्पन्न महालक्ष्मी र यतिको अलग अलग बार्षिक साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्ने गाभिने प्रस्ताब पारित गरेको हो। 

महालक्ष्मीको १९ औ बार्षिक साधारणसभाले ७ दशमलब ९० प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको छ भने यति डेभलपमेन्टको साधारणसभाले हकप्रद बिक्रि नगर्ने निर्णय गरेको छ। 

महालक्ष्मी र यति डेभलपमेन्ट एक आपसमा गाभिएर बन्ने बैंकको नाम महालक्ष्मी बिकास रहने छ। साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने र बिदेशी रणनैतिक साझेदार भित्र्याउने प्रस्ताब अनुमोदन गरेको छ। त्यस्तै मर्जर तथा एक्जिविसनका लागि अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समिति वा समितिले तोके अनुसार मर्जर समितिलाई अख्तियारी प्रदान गरेको छ। 

त्यसै गरि साधारणसभाले आगामी ४ बर्षका लागि ७ जना संचालक समिति चयन गरेको छ। जसअनुसार संस्थापक समूह अन्तर्गत संजय गिरी, राजेशकुमार रौनियार, माधव लाल श्रेष्ठ तथा प्रेमकुमार उलक निर्वाचित भएका छन् । साथै, सर्वसाधारण समूह अन्तर्गत डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्यामसुन्दर रुङ्गटा  निर्वाचित भएका छन् । निर्वाचन पश्चात बसेको संचालक समितिको बैठकले राजेशकुमार रौनियारलाई अध्यक्ष समेत चयन गरेको छ ।

मर्जर पश्चात बन्ने महालक्ष्मी बिकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड, कर्जा प्रवाह १९ अर्ब ९७ करोड पुगेको छ।बैंकको शाखा संख्या ६३ र ग्राहक संख्या ३ लाख ४५ हजार पुगी देश कै ठुलो बिकास बैंक बन्ने दाबि गरिएको छ। 

मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड , कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्न भै देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने दाबी गरिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ए.बि.बि.एस., मोवाईल बैकिंग, एस.एम.एस, सेफ डिजोजिट भल्ट (लकर) तथा ए.टि.एम. सेवा उपलव्ध गरांउदै आएको छ ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved