बैंक अफ काठमान्डूले निशुल्क आस्वा सेवा दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 12:28:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डू लिमिटेडले सार्वजनिक निष्काशनको क्रममा आस्वा प्रणाली मार्फत आबेदन दिने सुविधा निशुल्क दिने भएको छ। यस अघि बैंकले आस्वा प्रणाली मार्फत आबेदन दिंदा प्रति आबेदन १ सय रुपयाँ लिने गरेको थियो। 

बैंकले दिएको जानकारी अनुसार बैंकका सम्पूर्ण शाखा कार्यालय मार्फत आस्वा प्रणालीबाट दिइने आबेदन निशुल्क गरिएको हो। बैंक अफ काठमाडौँका ग्राहकहरुले बैंकको सबै शाखाबाट आस्वा सेवा निशुल्क पाउने छन।  बैंक अफ काठमान्डूले देशभर रहेका ७४ शाखा कार्यालय मार्फत आस्वा सेवा दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।   

बैंक अफ काठमान्डू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमान्डू लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा करिब २ गुणाले मुनाफा वृद्धि गरि ८८ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  

देशभरबाट सजिलै सेयरमा आबेदन दिन सकिने, कसरि चल्छ आस्वा प्रणाली ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved