माछापुच्छ्रे बैंकका अध्यक्षको गभर्नर नेपाल सामु सपथ ग्रहण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 17, 2017 | 07:21:12 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकका नव नियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन्। बैक तथा बित्तिय संथा सम्बन्धी ऐन २०७३,बाफिया को प्राबधान बमोजिम अध्यक्ष के.सी. ले पद तथा गोपनियताको सपथ लिएका हुन। 

यस अघि बैंकको संचालक समितिको मिति बैशाख १४, २०७४ मा बसेको बैठकले रोशन के.सी.लाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। हाल बैंकको चुक्ता पुंजी ६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने ५८ अर्व ४ करोड निक्षेप संकलन गरि ५३ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved