६ बाणिज्य बैंकले बजारबाट उठाए महँगो ब्याजदरमा ३ अर्ब ४० करोड, के तरलता अभाब बढेको हो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 05:33:30 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि समय अघि देखिएको तरलता अभाब निर्वाचन लगत्तै सम्बोधन हुने अपेक्षाका बीच ६ बाणिज्य बैंकहरुले बजारमा ३ अर्ब ४० करोड उठाएका छन।

लगानीयोग्य रकम तथा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) को व्यस्थापनका लागि बैंकहरुले बजारमा ठुलो रकम उठाएका हुन। नेपाल बंगलादेश बैंकले नागरिक लगानी कोषबाट १३ दशमलब ७ प्रतिशत ब्याजदरमा ४० करोड लिएको छ। त्यस्तै माछापुच्छ्रे , ग्लोबल आइएमई, सिटिजन, प्रभु र एनएमबि बैंकले नेपाल टेलिकमबाट १३ दशमलब ६ प्रतिशत ब्याजदरमा ३ अर्ब लिएको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। 

हकप्रद जारि गरेपश्चात बैंकहरुमा पुंजी पर्याप्तता (क्यापिटल एडीकोशी) बढेको र त्यसले गर्दा लाभांश बितरणमा दबाब बढ्ने हुँदा बैंकहरुले लगानी बढाउँनका लागि बजारमा महँगोमा पैसा उठाएका हुन। 

निर्वाचनको क्रममा बजारमा पैसाको फ्लो बढ्ने आशा गरिएपनि दुई चरणमा निर्वाचन हुँदा यसले ढिलो गरि तरलता अभाब समाधान हुने एक बाणिज्य बैंकका अधिकारिले बिजपाटीलाई जानकारी दिएका छन। 

त्यस्तै बिकास खर्च बापतको रकम रकमानान्तरण हुँदै जाने, निर्वाचनको क्रममा बजार रहेको पैसा बैंकिङ प्रणालीमा आउने भएकाले मध्य असारसम्म तरलता अभाब क्रमिक रुपमा घट्न गई ब्याजदर समेत घट्ने अपेक्षा गरिएको छ। जसले पुंजी बजारमा सकारात्मक प्रभाब पार्ने बुझिएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved