जनता बैंकको बिशेष साधारणसभा आज, यस्ता छन् मुख्य एजेन्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 27, 2017 | 10:19:56 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले आज बिशेष साधारणसभा डाकेको छ। बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने र यस अघि घोषणा गरिएको ६० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताब बिशेष साधारणसभामा लैजाने भएको छ। 

१ बराबर १ को स्वाप अनुपातमा त्रिबेणी बिकास बैंकसंग मर्जर गरेको जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात सहजै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने भएकाले उसले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब रद्द गर्न लागेको हो। सिद्दार्थ डेभलपमेन्ट बैंकको जेठ १२ मा बसेको बिशेष साधारण सभाले जनता बैंकमा एक्जिविसन हुन अनुमति दिएको छ।

भर्खरै मात्र १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्रि गरेको सिद्दार्थको चुक्ता पुंजी हकप्रद बितरण पश्चात २ अर्ब २५ करोड पुग्ने छ। उता जनता र त्रिबेणी मिलेर बनेको जनता बैंकको चुक्ता पुंजी ४ अर्ब ६५ करोड पुगेको छ। सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति पश्चात जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९१ करोड पुग्ने छ।

जनता बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गर्दा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved